चितवन, फागुन १३ – दियालो परिवार नारायणगढको विशेष साधारणसभा तथा अधिवेशन शुक्रबार नारायणगढमा सम्पन्न भएको छ । संस्थाका सस्थापक सदस्य तथा पुर्व अध्यक्ष बद्री अधिकारी र सस्थापक सदस्य कृष्ण कुमार श्रेष्ठले संयुक्त रुपमा व्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अधिवेशनले आ.व. २०७८/०८१ को लागि इश्वरराज पण्डितको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । नवगठित कार्यसमितिको उपाध्यक्षमा मायाँदेवी श्रेष्ठ, सचिवमा डिल बहादुर नेपाली, कोषाध्यक्षमा विमला भट्टराई, सदस्यहरुमा निर्मला अर्याल, लेखनाथ पोखरेल, ईशा भट्ट, शर्मिला तामाङ, खुसी नेपाली निर्वाचित हुनु भएको छ । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक अशोक प्रधानले सपथ गराउनु भएको थियो । नवनिर्वाचित अध्यक्ष पण्डितले आगामी दिनमा सस्थागत आयामलाई उच्च विन्दुमा पु¥याउन सवै सदस्यहरुलाई समावेश गरि आपसि सहयोग र समन्वय गरि सस्थागत छवी उच्च बनाउने प्रतिवद्धता जनाउनु भयो ।
सस्थाका अध्यक्ष सुरेश खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थापक, आजिवन सदस्य तथा पुर्व अध्यक्ष एवं साधारण सदस्यहरुको सहभागिता रहेको थियो । सस्थाका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका सचिव इश्वर राज पण्डितले स्वागत मन्तव्य सहित प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा दियालो परिवार नारायणगढका कार्यकारी निर्देशक राजगोविन्द शिल्पकारले कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको प्रगति प्रतिवेदन र निर्देशक मायाँ श्रेष्ठले बाल हेल्प लाईन १०९८ चितवनको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । लेखा तथा आर्थिक प्रशासन विभागका निर्देशक भरत ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । अधिवेशन सम्पन्न गर्नको लागि पुर्व अध्यक्ष अशोक प्रधानको संयोजकत्वमा पुर्व अध्यक्ष रवि कुमार प्रधान र साधारण सदस्य इन्दिरा नेपाल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिति समेत गठन गरिएको थियो ।