होमपेजचितवन विशेषठिमुरा विद्यालयमा समाजसेवी श्रेष्ठ द्वारा सरस्वती मन्दिर निर्माण गरि हस्तान्तरण

ठिमुरा विद्यालयमा समाजसेवी श्रेष्ठ द्वारा सरस्वती मन्दिर निर्माण गरि हस्तान्तरण

चितवन , माघ १२ – भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभुत विद्यालय ठिमुरामा नारायणगढका समाजसेवी निवर्तमान वडा सदस्य शुक्रकुमार श्रेष्ठज्युले आफ्नो एकल लगानीमा करिब ३ लाख बराबरको मुर्ति सहितको सरस्वती मन्दिर (स्तम्भ ) निर्माण गरि हस्तान्तरण गर्नु भएको छ । सरस्वती पुजाको अवसर पारेर आज एक कार्यक्रको आयोजना बिच स्तम्भ सहित मन्दिरको मुर्ति अनावरण गरि विद्यालय लाई हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले बाकि काम सम्पन्न गर्ने र विद्यालयको लागि फेरि पनि सहयोग रहिरहने प्रतिबध्दता जनाउनु भएको थियो । कार्यक्रममा उहाँकै धर्मपत्नी कमला श्रेष्ठ र नातिनि रेशा श्रेष्ठ , वडा सदस्यहरु रमा परियार , राजु गुरुङ  , विद्यालयका सल्लाहकार संयोजक टिकादत्त भट्टराई ,सल्लाहकारहरु लक्ष्मण अधिकारी , कृष्णबहादुर थापा लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा स्वागत मन्तब्य लेखा समिति संयोजक पुष्पराज देवकोटा , शुभकामना मन्तव्य रमा परियार र धन्यवाद ज्ञापन बिद्यालयका प्रधानध्यापक ज्योति नारायण ढकालले गर्नु भएको थियोे ।कार्यक्रमको सभापतित्व बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रामलाल प्रजा र सञ्चालन सहायक प्रधानध्यापक नवीन रेग्मीले गर्नु भएको हो । सोही कार्यक्रमा विद्यार्थीहरु लगायत अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

ताजा समाचार