होमपेजताजा समाचारभुकम्पले बाजुरामा एकजनाको मृत्यु , भौतिक संरचनामा ठुलो क्षती

भुकम्पले बाजुरामा एकजनाको मृत्यु , भौतिक संरचनामा ठुलो क्षती

धनगढी , माघ १० – बाजुरा जिल्लाकाे हिमाली गाउपालिका बिच्छ्या केन्द्र बिन्दु बनाइ आज दिउँसो गएको ५.९ रेक्टरको भुकुम्पले एक जनाको मृत्यु भएको छ भने बाजुराका विभिन्न स्थानमा ठूलो क्षती भएको छ । बाजुरा जिल्लाको गौमुल गाउपालिका वडा न २ का जमुना रोकाया भुकम्प सगै पहिरोमा परि घटनास्थल मै ज्यान गएको हो । बाजुरा जिल्लाभरी दर्जनौं घर भत्कीएका छन् भने अन्य केही ब्याक्तीहरु पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । भुकम्पको क्षतिको सम्पुर्ण विवरण अझै आइ नसकेको प्रहरीले जनाएको छ ।

ताजा समाचार