Home चितवन विशेष माडीका विभिन्न समस्या समाधानका लागि उपप्रधानमन्त्री लाई ज्ञापन पत्र

माडीका विभिन्न समस्या समाधानका लागि उपप्रधानमन्त्री लाई ज्ञापन पत्र

0

चितवन , माघ ३ – सम्वृद्धिका लागि युवा अभियान माडीले उप-प्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ लाई आज भरतपुरमा ज्ञापन पत्र बुझाएको छ ।

अभियानले उपप्रधानमन्त्री श्रेष्ठलाई भरतपुर माडी हुलाकी सडकखण्ड अन्तरगत चितवन राष्ट्रिय निकुञ्जभित्रको बाटो मानव र बन्यजन्तुमैत्री रहनेगरी कालोपत्रेका लागि निर्णायक पहल गरिदिन ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा निकुञ्ज भित्रको सडक कालोपत्रे गर्न तथा रिउ करिडोर निर्माणलाई जोड दिँदै सो क्षेत्रको अवलोकनका लागि अनुरोध समेत गरिएको अभियानका अगुवा विपिन पाठकले बताउनु भयो ।

चितवन आउनुभएका उपप्रधानमन्त्री श्रेष्ठलाई अभियानका अगुवाहरु रामचन्द्र लम्साल, बिपीन पाठक, रामबन्धु पोखरेल लगायतले भरतपुर महानगरपालिका एक कार्यक्रमबिच ज्ञापन पत्र बुझाउनुभएको हो ।

केही दिन अगाडी अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत सोही व्यहोराको ज्ञापनपत्र बुझाएको थियो