चितवन, माघ १- आज बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा माडी अयोध्यापुरीकि एयर होस्टेसको पनि मृत्यु भएको छ ।
काठमाडौ बाट पोखरा गएको सो विमानको चालक दलको सदस्य रहनुभएका माडी-८, दक्षिण अयोध्यापुरी निवासी बिमान परिचारिका (एअर होस्टेस) ओसिन आलेमगरको विमान दुर्घटनामा निधन भएको पुष्टि भएको हो ।
केही वर्षअघि सहारा एयर होस्टेस एकेडेमीबाट एयर होस्टेसको कोर्स गरेपछी एयरहोस्टेस काठमाडौमा बस्दै आउनु भएको थियो । करिब ५ महिना अगाडि मात्रै ओसिनले यती एयरलाइन्समा जागिर सुरु गर्नु भएको थियो ।
पछिल्लो समय टिकटकमा समेत निकै सक्रिय ओसिनको दुःखद् निधनले आले परिवार सहित माडीको दक्षिण अयोध्यापुरी क्षेत्र शोकमा डुबेको छ ।