होमपेजताजा समाचारजहाज दुर्घटनाको छानबिन गर्न सरकार द्वारा आयोग गठन

जहाज दुर्घटनाको छानबिन गर्न सरकार द्वारा आयोग गठन

काठमाडौं – सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको छानबिन तथा जाँच आयोग गठन गरेको छ । बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

उक्त आयोगलाई ४५ दिनको समय सीमा उपलब्ध गराइएको छ । सदस्यहरूमा हवाई विज्ञ अवकाश प्राप्त दीपक प्रकाश बाँस्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा रहेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सदस्य सचिवमा पर्यटनमन्त्रालयका बुद्धिसागर रहेका छन् ।

मन्त्रिपरिषद्ले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ ।

घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

ताजा समाचार