होमपेजचितवन विशेषभरतपुर अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमितको अवस्था मध्यम

भरतपुर अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमितको अवस्था मध्यम

चितवन, जेठ २५ – भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत नवलपरासी पूर्व (बर्दघाट सुस्ता पूर्व)का ३५ वर्षीय पुरुषको स्वास्थ्य अवस्था मध्यम र स्थित रहेको छ । अस्पतालले आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै आज मात्रै कोरोना पोजिटिभ पुष्टि भएको ती पुरुषको स्वास्थ्य अवस्था मध्यम र स्थित रहेको जनाएको हो ।

ती पुरुषको उच्च रक्तचाप १००/६०, अक्सिजनको मात्रा अक्सिजन लगाएर ९०–९६ % र श्वासप्रश्वासको मात्रा प्रतिमिनेट २८ ब्रेथ रहेको भरतपुर अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए ।

उनले कोरोना संक्रमित बिरामीको आइसीयूमा चिकित्सकको प्रत्यक्ष निगरानीमा अक्सिजन दिएर राखिएको बताए । भारतबाट आएर हुप्सिकोट गाउँपालिकाको क्वारेन्टिनमा रहेका ती पुरुषमा पाँच दिन अघिदेखि ज्वरो आउने, खोकी लाग्ने लक्षण देखिएको थियो । पछिल्लो दुई दिनदेखि खोकी झनै बढ्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि हिजो (शनिबार) राती १०ः३० बजे भरतपुर अस्पताल ल्याईएको थियो ।

हाल भरतपुर अस्पतालको आइसोलेसनमा २ र भरतपुर कोरोना अस्पतालमा ५ जना कोरोना संक्रमित रहेका छन् ।

ताजा समाचार