होमपेजताजा समाचारपोखरा दुर्घटनामा परेको जहाजमा लोकगायिका निरा सन्त्याल र पत्रकार त्रिभुवन पौडेल पनि

पोखरा दुर्घटनामा परेको जहाजमा लोकगायिका निरा सन्त्याल र पत्रकार त्रिभुवन पौडेल पनि

काठमाडौ , आज पोखरामा दुर्घटनामा परेको यति इयरलाइन्सको जहाजमा लोकगायिका निरा सन्त्याल र पत्रकार त्रिभुवन पौडेल पनि रहेको जनाइएको छ ।
नेपाली बाहेक दुर्घटनामा परेको जहाजमा सवार यात्रु विभिन्न देशको रहेको खुलेको छ ।
दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए । जसमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए ।
पोखरामा भएको विमान दुर्घटनामा ६८ जना यात्रुसहित ७२ जना रहेको खुलेको छ।

विमानमा सवार यात्रुहरुको नामावलीः विमानमा ३५ पुरुष र २७ महिला सवार रहेका थिए ।नेपाली यात्रुहरुमा – किसान आचार्य, निशान्त आचार्य, शालिगराम आचार्य, सडकात अलिमिया, पूर्ण बहादुर गुरुङ, जितेन्द्र बहादुर कुँवर, एलिना बन्ड्रो, अनिशा बानियाँ, स्लक भट्ट, निरा छन्त्याल, आशिमा गुरुङ, अनुशा गुरुङ, बेलमान गुरुङ, विजयकुमार गुरुङ, जीवनकला गुरुङ, माया गुरुङ, लक्कि गुरुङ, शिवकुमार गुरुङ, सिता गुरुङ, यमुना गुरुङ, यास्मिन गुरुङ, रविन हमाल सन्जय, जैसवाल सोनु, जैसवाल रचना काफ्ले सीता, कुमारी खड्का, अनिल कुमार राजभार, भगवती कुँवर,अविशेक कुश्वाह, ओम माया गुरुङ, सुस्मा पाण्डे, हरि परियार, लक्ष्मी परियार, रिता परियार, अरुण पौडेल, लक्ष्मी पौडेल, प्रसिद्धि पौडेल, त्रिभुवन पौडेल, पोजन राना, सविना रायमाझी, राजन सापकोटा,अनिल शाही, संगिता शाही, जमुना शर्मा, विशाल शर्मा, युवराज शर्मा, मोहन श्रेष्ठ, डा। शोना दिवाकर, बन्दना सुनार, राजुसिंह ठकुरी, चुर्ण थापा, गणेश थापा र राज तिमिल्सिना रहेका छ्न ।
त्यसैगरी विदेशी यात्रुहरुमा – मेरोल लभ, आयूरी ल्यागीन, भिक्टर ल्यागीन, जेनितसन्डरा पालाभेकिनो, भिक्टोरिया अतुनिना, इलिना बण्डुरो, रुअनकालुम क्रिघ्टोन, एलेक्जेण्डर, आइरिडोरे हुन ।
जहाज दुर्घटनामा परेका शिशुहरुमा – कृष परियार, प्रसिद्धी पौडेल, आयुर्दि शर्मा, बेबी शर्मा अन्य दुईजना शिशुहरुको नाम खुलेको छैन।

ताजा समाचार