Home Uncategorized पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गर्दैनौँ : एमाले

पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गर्दैनौँ : एमाले

पत्रकारहरुलाई समाचार संकलनमा अवरोध गर्दैनौँ : एमाले

चितवन ,  चितवन क्षेत्र नं २ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–७ स्थित कृष्णपुर मावि मतदान स्थलमा पत्रकारलाई प्रवेश निषेध गर्ने भन्ने सर्वदलिय निर्णय भनी विभिन्न संचारमाध्यममा प्रकाशित समाचारप्रति एमालेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
‘पत्रकारहरुलाई सूचना संकलनका लागि अवरोध गर्नुहुँदैन भन्ने मान्यतामा एमाले छ ।’– भरतपुर ७ का निर्वाचन परिचालन कमिटीका संयोजक सनतकुमार लामिछानेले भने ।
लामिछानेले शनिवार एक विज्ञप्ति प्रकाशित गर्दै मतदान केन्द्रमा पत्रकारहरूलाई पत्रकार आचारसंहिताभित्र रहेर निर्वाध रुपमा सूचना संकलन र सम्प्रेषण गर्नका लागि कुनै बन्देज नलगाइएको पनि बताए ।
‘पत्रकारहरुलाई मतदान स्थलमा प्रवेश नदिनेबारे अन्य दलले प्रस्ताव गरेपनि एमालेले यसप्रति विरोध जनाएको हो । यदि अन्य दलहरुले पत्रकारहरुलाई सूचना सम्प्रेषण गर्नबाट रोक लगाउने उद्देश्यले यसो गरेको भए हामी यसको फेरि पनि निन्दा गर्दछौ ।’–लामिछानेले भने । एमालेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सधै सम्मान गर्ने भन्दै विज्ञप्तिमा भनिएको छ, –‘कृष्णपुर मतदान केन्द्रमा निर्वाचन आयोगको अधिनमा रही आम संचारमाध्यमलाई निर्वाध रुपमा समाचार संकलन गर्ने ÷गराउने कुरामा सहयोगी बन्ने कुरामा एमाले प्रतिवद्ध छ ।’
स्थानीय तहको निर्वाचनमा पनि यस मतदान स्थलमा पत्रकारलाई समाचार संकलन गर्न अवरोध गरिएको थियो । समाचार संकलनमा अवरोध गरिएपछि त्यसबेला पत्रकार र दलका प्रतिनिधि बीच धकेलाधकेल नै भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here