Home Uncategorized डा.भाेजराजको आमाले दिइन् दिनेश काेइरालालाई जितेको शुभकामना

डा.भाेजराजको आमाले दिइन् दिनेश काेइरालालाई जितेको शुभकामना

डा.भाेजराजको आमाले दिइन् दिनेश काेइरालालाई जितेको शुभकामना

चितवन , कार्तिक २९ – चितवन क्षेत्र नं. ३ का स्वतन्त्र उम्मेदवार दिनेश काेइरालालाई गठवन्धनका उम्मेदवार डा. भाेजराज अधिकारीकाे अामाले जितेको शुभकामना दिएकी छन् ।
नेकपा एमालेकाे समर्थनमा माछा चुनाव चिन्ह लिएर उठेका कांग्रेस केन्द्रीय सदस्य दिनेश काेइरालालाई जितेको शुभकामना दिएकी हुन् । मंगलबार घरदैलोकाे क्रममा भरतपुर २२ काे पटिहानी टाउनमा पुगेका काेइरालालाई डा. अधिकारीकी अामा चुनकुमारी अधिकारीले शुभकामना दिँदै जितकाे अार्शिवाद दिएकी हुन् । “सबै जना मेराे छाेराहरू नै हाे, सबैको राम्रो हाेस्, जित हाेस्” दिनेशकाे शीरमा हात राख्दै अधिकारीले भनिन् “जसले जिते पनि म खुसी हुन्छु । अार्शिवाद ठूलो कुरा हाे”
दिनेशले अाफू माछा चुनाव चिन्ह लिएर उम्मेदवार बनेको जानकारी गराएका थिए । दिनेशले भाेजराजकाे गाउँ मानिने पटिहानीका सबै घरमा पुगेर अन्यायका विरूद्व उम्मेदवारी दिएको भन्दै मत मागेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here