Home Uncategorized माओवादीका बागी उम्मेदवार हरि योञ्जन एमाले प्रवेश, दिनेश कोइरालालाई समर्थन

माओवादीका बागी उम्मेदवार हरि योञ्जन एमाले प्रवेश, दिनेश कोइरालालाई समर्थन

माओवादीका बागी उम्मेदवार हरि योञ्जन एमाले प्रवेश, दिनेश कोइरालालाई समर्थन

चितवन , कार्तिक २९ – नेकपा माओवादी केन्द्रमा लामो समयसम्म योगदान गरेका गायक एवम् चितवन क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य उम्मेदवार हरि योञ्जन एमाले प्रवेश गरेका छन् । माओवादी केन्द्रमा परिवारवाद हावी भएको र न्यूनत्तम कम्युनिष्टको चरीत्र पनि नभएकोले उनले माओवादी छाडेको बताएका छन् । योञ्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा आयोजना गरिएको एक सभामा प्रवेश गराएका हुन् ।
एमाले प्रवेश गरेका योञ्जनले चितवन क्षेत्र नं. ३ मा एमालेको सर्मथनमा माछा चिन्ह लिएर उम्मेदवार बनेका दिनेश कोइरालालाई सर्मथन गर्दै उम्मेदवारी निष्कृय पारेका छन् । माओवादी भित्र राजनीतिका नाममा लुटपाट मात्रै गरेको भन्दै योञ्जनले सच्चा कम्युनिष्टहरु एमालेमा गोलवन्द हुन आग्रह गरे । ‘माओवादी केन्द्र एउटा आउटडेटेड शक्ति हो, यसको राजनीतिक भविष्य छैन, यसले जनताका एजेण्डा बोक्न पनि सक्दैन’ योञ्जनले भने ‘माओवादी नेपालको राजनीतिलाई कहिल्यै स्थीरता हुन नदिन लागि परेको छ यस्ता च्याँखे दलको काम छैन ।’ उनले माओवादी अब खियाएर सकिदै जाने अवस्थामा पुगेको बताए । उनले अर्को चुनावसम्म माओवादी चौथो दलतिर झर्ने बताए । माओवादीले हजारौं सहिद, घाइते र वेपत्ताहरुको सपनाको हत्या गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here