Home Uncategorized जनवादी कलाकारका रुपमा परिचित उमेदवार बिष्ट गाउँदै, बजाउँदै, भोट माग्दै

जनवादी कलाकारका रुपमा परिचित उमेदवार बिष्ट गाउँदै, बजाउँदै, भोट माग्दै

जनवादी कलाकारका रुपमा परिचित उमेदवार बिष्ट गाउँदै, बजाउँदै, भोट माग्दै

– विपिन पाठक चितवन , कार्तिक २७ – आगामी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा उठेका उमेदवारहरु यतिबेला भोट माग्न ब्यस्त देखिन्छन् ।भोट माग्ने आ आफ्नै तरिका र कौशलहरु छन् कोहि किसानले गरिरहेका कामहरु क्षणिक रुपमा गर्दैछन् त कोही,ढोग भेट र आस्वासनका पोका बाँड्नमा नै ब्यस्त छन् ।
यता चितवन ३ ख की प्रदेश सभा सदस्य उमेदवार सरस्वती बिष्ट भनें फरक तरिकाले भोट मागिरहेकी देखिन्थिन्।माडिको वडा नम्बर ९ राइटोलमा पुग्दैगर्दा उमेदवार बिष्ट आँफै मादल ठोक्दै महिला दिदिबहिनीको बिचमा बसेर सुरिलो स्वरमा गित मार्फत आँफुलाई मतदानका लागि मतदाताहरुलाई अाह्वान गर्दै थिइन्। घेरिएर बसेका स्थानिय चेपाङ दिदी बहिनी हरु तालि बजाउँदै थिए।यो रोचक दृश्य चुनावमा बिरलै देखिने दृश्य मध्यको एक थियो।
विद्यार्थी राजनीति देखि नै जनवादी गीत र अभिनयमा रुचि राख्ने उनी निरन्तर जनताका पिडा र मुद्दाहरुलाई गायन र अभिनय मार्फत मुखरित गर्दै आएकाी पात्र हुन्। विवाह पश्चात पनि आफ्नो राजनीतिक जीवनलाई निरन्तरता दिंदै आएकी उनी लामो शिक्षण पेशामा संलग्न रहँदा समेत गायनकै माध्यमबाट रचनात्मक शिक्षण गर्ने र विद्यार्थीमा उर्जा भर्ने गरेको उनका पुर्व सहकर्मी शिक्षक यमनाथ सुवेदीले बताए।

यसरी जनवादी कलाकर्मीका रुपमा परिचित बिष्टको हँसिलो मुहार सहित फरक शैलीको चुनावी प्रचार अनौठो मात्र थिएन भिन्न र रोचक पनि थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here