Home Uncategorized डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु

डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु

डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु

डोटि ,कार्तिक २३- डोटीमा भूकम्पले घर भत्काउँदा ६ जनाको ज्यान गएको छ ।

मंगलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) भोलाप्रसाद भट्टले बताए ।
डीएसपी भट्टका अनुसार ठाडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको छ ।
यस्तै साेही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको डीएसपी भट्टले बताए ।
उनीहरु ६ जनाकै शव निकालिएको प्रहरीले जनाएकाे छ ।
भूकम्पले सोही वडाका पाँच जना घाइते भएका छन् । घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । पश्चिम् नेपालमा मंगलबार राती पटक पटक भुकम्प गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here