Home Uncategorized यसपटक भरतपुरका जनताले मलाई न्याय गर्नेछन्ः देवी ज्ञवाली

यसपटक भरतपुरका जनताले मलाई न्याय गर्नेछन्ः देवी ज्ञवाली

यसपटक भरतपुरका जनताले मलाई न्याय गर्नेछन्ः देवी ज्ञवाली

चितवन,कात्तिक २२ – चितवन क्षेत्र नम्वर २ (ख) बाट प्रदेश सांसदको उम्मेदवार बनेका एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले यसपटक भरतपुरका जनताले आफूलाई न्याय गर्ने बताउनुभएको छ । आज भरतपुर १२ मा आयोजित घरदैलोका क्रममा उहाँले विगतका घटनाको साक्षि भरतपुरका जनता रहेको भन्दै उहाँले यसपटक अत्याधिक बहुमतले आफूलाई विजयी गराउने बताउनुभयो । ‘२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुरको मेयरमा जनताले मलाई विजयी गराएका थिए तर मतपत्र च्यातेर हराइयो,उहाँले भन्नुभयो,‘यसपटक सबै पार्टीका नेता कार्याकर्ताको साथ र सहयोग पाएको छु ।’ उहाँले आफूले सबै पार्टीका नेता कार्याकर्तालाई समान व्यवहार गर्ने भन्दै जितहार दुवै अवस्थामा जनतासंगै रहने बताउनुभयो ।
उहाँले प्रदेशमा चितवनको नेतृत्व दिनेगरी उम्मेदवारी दिएको भन्दै जिल्लाको विकासका लागि महत्वपूर्ण अवसर आएको धारणा राख्नुभयो । उहाँले चितवनको एकीकृत विकासका लागि आफूले स्पष्ट योजना प्रस्तुत गरेको बताउनुभयो । घरदैलोका क्रममा मतदाताले देवी ज्ञवाली सरल र जनप्रिय नेता भएका कारण यसपटक मतदान गर्ने बताएका थिए । आज भरतपुर १२ का विभिन्न टोलमा घरदैलो गरिएको हो । ज्ञवाली चितवन २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णभक्त पोखरेलसंगै घरदैलो गरिरहनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here