Home Uncategorized कृषि र पर्यटन आफ्नो प्राथमिकतामा : एमाले उमेदवार भुर्तेल

कृषि र पर्यटन आफ्नो प्राथमिकतामा : एमाले उमेदवार भुर्तेल

कृषि र पर्यटन आफ्नो प्राथमिकतामा : एमाले उमेदवार भुर्तेल

चितवन , कार्तिक २० – आगामी मंसिर ४ गते हुने आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका कृष्ण भुर्तेलले कृषि र पर्यटनलाई आफ्नो प्रथामिकतामा रहेको वताएका छन।

भरतपुर महानगरपालिका वडा नं. २८ गोलाघाटमा मतदाताको घरदैलो कार्यक्रम गर्दै उमेदवार भुर्तेललेले प्रदेशसभालाई अधिकारसम्पन्न र कर्तव्यमुखी बनाउन भूमिका खेल्ने वताए ।
अनुभवी र स्थानीयमाझ परिचित राजनीतिज्ञको छवि बनाएका भुर्तेलले विगतका अधुरा काम पूरा गर्ने कुरालाई मुख्यरूपमा अगाडि सारेको वताए। उनले अघिल्लो ५ वर्ष विद्यालयको भवन निर्माण, सडक कालोपत्रे, पुल निर्माण, मठमन्दिर संरक्षण, कृषि तथा पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमहरुमा उनले जोड दिएका थिए ।

आधुनिक कृषि उत्पादनलाई प्रोत्साहन गर्दै यस क्षेत्रमा उत्पादन हुने कृषि उपजहरूको पकेट क्षेत्र निर्धारण गरी बेमौसमी उत्पादनलाई प्रोत्साहन गर्ने , नारायणी र रापती नदीको कटान नियन्त्रण गर्ने, नारायणी नदी किनारलाई धार्मिक, संस्कृति, प्राकृतिक स्वच्छता कायम गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्दै पवित्रस्थल देवघाटधामदेखि गोलाघाटसम्म पैदल यात्रा तथा साईकल यात्राको लागि आवश्यक पूर्वाधारको विकास गर्ने वताउछन।

मेघौली एयरपोर्टलाई कालोपत्रे गरी पर्यटकीय एयरपोर्ट बनाउने, अघिल्लो कार्यकालमा प्रदेश रहेको सरकारले अगाडि सारेको योजनाअन्तर्गत मेघौलीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, राइनो पार्क निर्माण सम्पन्न गर्ने, बजार क्षेत्रमा ढलको व्यवस्था गर्ने, सामुदायिक वनमा पर्यटकीय पार्क बनाउने, निर्माणाधीन चित्रवन र अन्तराष्ट्रिय कृकेट रंगशालालाई पूरा गर्ने आदि एजेन्डा रहेको वताए ।

सक्रिय राजनीतिसँगै अन्य सामाजिक काममा पनि व्यस्त भुर्तेल विगतमा चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती उप भोक्ता समितीका अध्यक्ष, काउन्सीलका अध्यक्ष तथा सामुदायिक बनको अध्यक्ष समेत रहेर जनताका विचमा रहेर खारिएका भुर्तेल परिपक्क र लोकप्रिय नेता मानिन्छन।

नेपाल सरकारको स्थायी शिक्षकको पदबाट राजीनामा दिदै पार्टी निर्देशन बमोजिम २०५४ सालमा तत्कालिन मेघौली गाबिस अध्यक्षको पदमा उम्मेद्वार भइ अत्यधिक बहुमतले बिजयी हुँदै अघि बढेको राजनितिक यात्रामा पार्टीका विभिन्न जिम्मेवारीहरु सम्हाल्दै हाल नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य छन। गाविस अध्यक्ष बनेपछि जनप्रतिनिधिको हैसियतमा स्थानीय जनताको सेवामा त खटे नै, जिल्ला कमिटी सदस्य बनेर पार्टी राजनीतिलाई पनि सँगै अगाडि बढाए ।

२०६१ सालमा पार्टीको जिल्ला सचिवालय सदस्य चुनिएका भुर्तेल २०७४ सालमा भएको प्रदेशसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित भए ।तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार भुर्तेलले २४ हजार ७८५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका दिनेश कोइरालाले २३ हजार ४५ मत प्राप्त गरेका थिए ।

२०३७ चैत १४ गते अनेरास्ववियु पाँचौंको झण्डा बोकेर आमहड्तालमा सहभागी भएका भुर्तेल त्यसयता प्रत्यक्ष वा अप्रत्यक्षरूपमा पार्टी राजनीतिमा सक्रिय छन् ।२०५४ सालमा शिक्षकको स्थायी जागिर छाडेर सक्रिय राजनीतिमा होमिएका उनी सोही वर्ष भएको स्थानीय निकाय निर्वाचनमा मेघौली गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए ।सक्रिय राजनीतिमा आउनुअघि उनी लक्ष्मी मावि लंकुमा स्थायी शिक्षक पदमा कार्यरत थिए । त्यहाँ अंग्रेजी र सामाजिक विषय पढाउँथे ।

आफ्नो निर्वाचन क्षेत्रमात्र नभएर समग्र चिवनको भूगोल, वासिन्दाहरुको अवस्था, मुख्य समस्याहरुका विषयमा गहन अध्ययन गरेका भूर्तेलले समृद्ध नेपाल सुखी नेपाली बनाउने महान अभियान पूरा गर्नको लागि देशमा नेकपा (एमाले) को नेतृत्व आवश्यक रहेकोले अत्यधिक मतले नेकपा एमालेले अगाडि बढाएका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here