Home Uncategorized नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय महाधिवेशन चितवनको सौराहामा हुँदै

नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय महाधिवेशन चितवनको सौराहामा हुँदै

नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय महाधिवेशन चितवनको सौराहामा हुँदै

चितवन,  भदौ २८ – नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा हुने भएको छ ।
आज (मंगलबार) भरतपुरमा महाधिवेशन मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनमा देशभरबाट ६०० जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले २९ देखि ३१ गतेसम्म महाधिवेशन हुने भए पनि महाधिवेशन उद्घाटन भने भदौ ३० गते गरिने जानकारी दिनुभयो । देशभरबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई चितवनको पर्यटकीय स्थलबारे जानकारी गराउने तथा घुम्न प्रेरित गर्दै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक दिन अघिदेखि भेला सुरु गरिने रेग्मीको भनाइ छ । महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक÷एक जना पदाधिकारीसहित कम्तिमा १७ सदस्यीय केन्द्रीय समिति तयार गरिने रेग्मीको भनाइ छ । भदौ ३१ गते नयाँ कार्यसमिति घोषणासँगै सौराहा घोषणपत्र जारी गर्दै महासंघको दोस्रो केन्द्रीय महाधिवेशन समापन गरिने रेग्मीले बताउनुभयो । महासंघको सात वटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिनुभयो । महाधिवेशन उद्घाटन सौराहाको थारु सांस्कृतिक घरमा हुने भन्दै भगले सबै प्रतिनिधि तथा पर्यवेक्षकको आवास तथा खानपानको व्यवस्था तयार पारिसकिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here