Home Uncategorized सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाईदै

सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाईदै

सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाईदै

भाद्र १८ – सुदूरपश्चिमको मौलिक सँस्कृतिको रूपमा रहेको महत्वपूर्ण गौरा पर्व आज हर्षोल्लासका साथ मनाईदैछ ।
भाद्र शुक्ल पञ्चमीदेखि शुरु भएर शुक्ल अष्टमीका दिन अर्थात आज गौरा पर्वको मुख्य दिन, आज अठवाली अर्थात् गौराको पूजाआजा गरी मनाइन्छ ।
भदौ शुक्ल पञ्चमीदेखि महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि बिरुडा पञ्चमीदेखि गौरा पर्व शुरु हुन्छ । पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर पखाल्ने चलन छ । अठवली अर्थात् अष्टमीको दिन आज भने व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।
पूजा सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहेको छ ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा गौरा पर्व सम्बन्धि देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल्ने चलन छ । पछिल्लोपटक देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य समेत गरिन्छ भने माया प्रेमका रोचक प्रसङ्ग पनि उठाउने गरिन्छ ।
गौरा पर्व सुदूरपश्चिमसङ्गै भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here