चितवन, २२ मंसिर
भरतपुर अस्पतालको प्रयोगशाला कक्षमा आगलागी भएको छ । आज बुधबार प्रयोगशालामा अचानक भएको आगलागीलाई अस्पतालमा राखिएका फायर एट्याक्ट ग्याँसबाट निभाइएको छ ।
प्रयोगशाला कक्षमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट टेबल र तार जलेका छन् । ठूलो क्षति हुनबाट जोगिएको छ ।