होमपेजताजा समाचारकाँग्रेसको केन्द्रीय सदस्यमा लड्दै जुम्लाकी मेयर कान्तिका सेजुवाल

काँग्रेसको केन्द्रीय सदस्यमा लड्दै जुम्लाकी मेयर कान्तिका सेजुवाल

जुम्ला। जुम्लाको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा संस्थापन पक्षबाट उम्मेदवार बन्ने भएकी छन्। गएको स्थानीय निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयरमा जितेपछि सेजुवालको चर्चा देशै भर चलेको थियो ।

नेपाली काँग्रेस जुम्लाका तत्कालीन सभापति मानव सेजुवाल हवाईजहाज दुर्घटनामा परि मृत्यु भएपछि उनकी पत्नी कान्तिका सेजुवाल काँग्रेस जुम्लाको राजनितिमा उदाएकी हुन्।

स्नातकोत्तर सम्मको अध्ययन गरेकी सेजुवाल शिक्षक पेसाबाट राजीनामा दिएर राजनीतिमा होमिएकी छन्। पति मानव सेजुवालको संगठन बिस्तारमा ठूलो योगदान रहेकाले र जुम्लि जनतामाझ अत्यन्तै लोकप्रिय भएकाले कान्तिका सेजुवाल प्रति जुम्लाका आम काँग्रेसीको सहानुभूति रहदै आएकोछ । योग्यता र क्षमता भएकी सेजुवाल काँग्रेसको चौँधौँ महाधिवेशनमा महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवार बन्न लागेकी हुन् ।

ताजा समाचार