Home ब्लग
चितवन , चैत ५ - स्वतन्त्र  विद्यार्थी युनियनको निर्वाचन अन्तरगत माडी क्याम्पसमा अध्यक्ष पदमा १० दलिय गठबन्धनका उम्मेदवार लाई पाराजित गर्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका राकेश चौधरी बिजयी हुनुभएको छ । आज भएको निर्वाचन पछि भएको मतगणनामा अध्यक्षका उम्मेदवार चौधरीले ११६ मत पाउँदा संयुक्त बिद्यार्थी सङ्गठन अन्तरगत का उम्मेदवार रबि भुर्तेलले १०३ मत पाउनुभएको हो । माडी क्याम्पसमा कुल...
चितवन , फागुन २७ - जानकी माबि मेघौलीका पुर्व विद्यार्थी २०४८ को व्याचको प्रथम अधिवेशन तथा गुरु सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आज भएको भेलाले भिम प्रसाद अधिकारीको संयोजकत्वमा १७ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित समितिका उपाध्यक्षमा शारदा उपाध्याय सचिवमा बिन्दु पौडेल कोषध्यक्षमा चोकलाल सुवेदी र सहसचिवमा राजु भुसाल (मोति) तथा अन्य सदस्यहरु रहनु भएको...
चितवन , फागुन २७ - भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित मर्स्याङदी टोल बिकास संस्थाको १२औ साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको प्रमुख अतिथी वडा नम्बर ७ का वडाअध्यक्ष राजेन्द्रमणी काफ्ले रहनु भएको थियो भने बिशिष्ठ अतिथी वडा सदस्य अमृता गौतम लगायत रहनु भएको थियो । कार्यक्रममा संस्थाका सचिव नवीन रेग्मी द्वारा बार्षिक प्रगती प्रतिबेदन , लेखा संयोजक...
काठमाडौ ,राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनुभएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनुभयो । उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको मत पाउनुभएको...
चितवन, फागुन १३ - दियालो परिवार नारायणगढको विशेष साधारणसभा तथा अधिवेशन शुक्रबार नारायणगढमा सम्पन्न भएको छ । संस्थाका सस्थापक सदस्य तथा पुर्व अध्यक्ष बद्री अधिकारी र सस्थापक सदस्य कृष्ण कुमार श्रेष्ठले संयुक्त रुपमा व्यानर वाचन गरि कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । अधिवेशनले आ.व. २०७८/०८१ को लागि इश्वरराज पण्डितको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।...
चितवन , माघ १६ - गृह मन्त्रालयले चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गकाे सरुवा गरि गृह मन्त्रालय पठाएपछि सोही मन्त्रालयमा कार्यरत सुरेन्द्र पाैडेल चितवनकाे प्रमुख जिल्ला अधिकारीकाे रुपमा चितवन आउनु भएको छ । केही दिन अगाडी उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णय पछि पौडेल आज चितवन आइ जिम्मेवारी सुरु गर्नु भएको हो । पहिलो पटक आउनु भएका उहाँको जिल्ला प्रशासन कार्यलयमा...
- विपिन पाठक, चितवन ,माघ १४ - नागरिकता नभएका कारण स्वास्थ्य उपचारमा समस्या भएपछि माडीमा बिरामी लाई अस्पताल नै गएर नागरिकता उपलब्ध  गराइको छ । माडी नगरपालिका वडा नम्बर ६ निवासी निरज विश्वकर्मालाई उपचारमा समस्या भएपछि अस्पतालमा नै नागरिकता उपलब्ध गराइएको हो । सरकारले क्यान्सर रोगका बिरामीलाई दिइने उपचार खर्च अनुदान लिन समेत कानुनी समस्या भएपछि माडी नगरपालिका वडा...
चितवन ,माघ १३ - प्रेस चौतारी चितवन शाखाले स्थापना गरेको कल्याणकारी कोषमा आर्थिक सहयोग भएको छ । प्रेस चौतारी चितवनका उपाध्यक्ष समेत रहेका पत्रकार कृष्ण आचार्यले १० हजार रुपैयाँ सहयोग गरेका हुन् । आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर कोषलाई सहयोगलाई १० हजार रुपैयाँ सहयोग गरेका प्रेस चौतारी चितवन सचिव धु्रवराज खनालले जानकारी दिए । उपाध्यक्ष आचार्यले चौतारीको शुक्रवार भएको...
काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको प्रमाणपत्र हाललाई ‘कायम नरहेकाले’ त्यसले मान्यता नपाउने फैसला सुनाएको हो । कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्की सहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, संवैधानिक इजलासको यो फैसलासँग गृहमन्त्री लामिछानेको चितवन–२ को सांसद पद रिक्त भएको छ । नेपालको संविधानमा...
चितवन , माघ १२ - भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित राष्ट्रिय आधारभुत विद्यालय ठिमुरामा नारायणगढका समाजसेवी निवर्तमान वडा सदस्य शुक्रकुमार श्रेष्ठज्युले आफ्नो एकल लगानीमा करिब ३ लाख बराबरको मुर्ति सहितको सरस्वती मन्दिर (स्तम्भ ) निर्माण गरि हस्तान्तरण गर्नु भएको छ । सरस्वती पुजाको अवसर पारेर आज एक कार्यक्रको आयोजना बिच स्तम्भ सहित मन्दिरको मुर्ति अनावरण गरि विद्यालय लाई...