Home Blog

माओवादीमा पहिरो : चितवन जिल्ला सह इन्चार्ज इन्द्रजित लगायत एमाले प्रवेश

चितवन , भदौ ३० – नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं चितवन जिल्ला सह-इन्चार्ज यम बहादुर परियार ‘इन्द्रजित’ एमाले प्रवेश गर्नुभएको छ ।

विहिबार एमाले पार्टी कार्यालय ललितपुरमा आयोजित पार्टी प्रबेश कार्यक्रममा उहाँ एमाले प्रवेश गर्नुभएको हो । उहाँसंगै माओवादी केन्द्रका भरतपुर महानगर सह-इन्चार्ज अन्जन तिमिल्सिना लगायतका जिल्ला तथा स्थानिय स्तरका दर्जनौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

नेता इन्द्रजित लगायतका नेता कार्यकर्ताहरु लाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको हो । कार्यक्रममा एमाले उपाध्यक्ष राम बहादुर थापा बादल , चितवन जिल्ला इन्चार्ज देवि ज्ञावलि , एमाले जिल्ला अध्यक्ष राम प्रसाद न्यौपाने लगायतका नेताहरु सहभागी रहनु भएको थियो । एमाले प्रवेश गर्नुभएका परियारलाई माओवादी केन्द्रले प्रत्यक्षतर्फ प्रदेशसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ (ख) बाट उम्मेदवारी सिफारिस गरेको थियो ।

 

नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय महाधिवेशन चितवनको सौराहामा हुँदै

चितवन,  भदौ २८ – नेपाल फोटो पत्रकार महासंघको दोस्रो केन्द्रीय महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म पर्यटकीय नगरी चितवनको सौराहामा हुने भएको छ ।
आज (मंगलबार) भरतपुरमा महाधिवेशन मूल आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनमा देशभरबाट ६०० जना प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने जनाएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय महासचिव हरिप्रसाद रेग्मीले २९ देखि ३१ गतेसम्म महाधिवेशन हुने भए पनि महाधिवेशन उद्घाटन भने भदौ ३० गते गरिने जानकारी दिनुभयो । देशभरबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुलाई चितवनको पर्यटकीय स्थलबारे जानकारी गराउने तथा घुम्न प्रेरित गर्दै यहाँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक दिन अघिदेखि भेला सुरु गरिने रेग्मीको भनाइ छ । महाधिवेशन उद्घाटनपछि बन्दसत्र सुरु हुने र अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी एक÷एक जना पदाधिकारीसहित कम्तिमा १७ सदस्यीय केन्द्रीय समिति तयार गरिने रेग्मीको भनाइ छ । भदौ ३१ गते नयाँ कार्यसमिति घोषणासँगै सौराहा घोषणपत्र जारी गर्दै महासंघको दोस्रो केन्द्रीय महाधिवेशन समापन गरिने रेग्मीले बताउनुभयो । महासंघको सात वटै प्रदेश र ७४ वटा जिल्लामा समिति रहेको महाधिवेशन मूल समितिका सहसंयोजक कोमलचन्द्र भगतले जानकारी दिनुभयो । महाधिवेशन उद्घाटन सौराहाको थारु सांस्कृतिक घरमा हुने भन्दै भगले सबै प्रतिनिधि तथा पर्यवेक्षकको आवास तथा खानपानको व्यवस्था तयार पारिसकिएको बताउनुभयो ।

प्रेस चौतारी कल्याणकारी कोषमा युवा संघ चितवन संयोजक अधिकारी द्वारा आर्थिक सहयोग

चितवन भदौ २६ – प्रेस चौतारी चितवनले जिल्लाका पत्रकारहरुलाई आइपर्ने विभिन्न समस्या वा पीडामा सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कल्याणकारी कोषमा रकम जुट्ने क्रम जारी छ ।
प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा राष्ट्रिय युवा संघ नेपाल चितवन संयोजक शंकर अधिकारीले नगद १० हजार आर्थिक सहयोग गर्नुभएको छ । संयोजक अधिकारीले प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत कोषलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । अधिकारी प्रेस चौतारी बागमती प्रदेश कमिटीको निवर्तमान सदस्यसमेत हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा समेत रुची राख्ने अधिकारीले जिल्लाका पत्रकारहरुलाई समस्या पर्दा सबैले सहयोग गरेको रकमबाट थोरै भए पनि राहात पाउने विश्वास लिएको बताउनुभयो । उहाँले आगामी दिनमासमेत सहयोगलाई निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउँदै चौतारी चितवनले पत्रकारहरुको पक्षमा गरेको काम उदाहरणीय भएको बताउनुभयो । उहाँले विभिन्न अवसर, समारोह वा विषेश दिनमा सबैले जति सकिन्छ त्यति सहयोग गरेर कोषलाई मजबुद बनाउँदै जाँदा भविश्यमा जो कोही पत्रकारलाई पनि समस्या पर्दा सहयोग गर्न सक्ने बातावरण बन्ने बताउनुभयो । सो क्रममा चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले युवा संघ नेपाल चितवनका संयोजक अधिकारीले गरेको सहयोगले हौसला र उर्जा थपिएको बताउँदै यसले राम्रो सन्देश प्रवाह गर्ने बताउनुभयो । पत्रकार कल्याणकारी कोषको कार्यविधी नै बनाएर अगाढि बढेको अध्यक्ष पण्डितको भनाई छ । गत भदौ १२ गतेदेखि चौतारी चितवनले स्थापना गरेको कोषमा हालसम्म ६५१५५ रकम जम्मा भैसकेको छ ।

पत्रकार कल्याणकारी कोषमा प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष सुवेदी द्वारा आर्थिक सहयोग

चितवन , भदौ २४ – प्रेस चौतारी चितवनले स्थापना गरेको प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले आर्थिक सहयोग गर्नुभएको छ ।
संस्थापक अध्यक्ष सुवेदीले छोरा रजत सुवेदीको स्मृतीमा प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितमार्फत रू.१०,१५५ पत्रकार कल्याणकारी कोषका लागि सहयोग गर्नुभएको हो । संस्थापक अध्यक्ष सुवेदीले आफ्नो नेतृत्वमा जन्मिएको संस्थाले राम्रो कामका लागि चालेको कदममा अरुलाईसमेत प्रेरणा मिलोस् भनेर कोषमा सहयोग गरेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि कोषलाई थप बलियो बनाउन आफ्नोतर्फबाट सहयोग गर्ने वचन दिनुभएको छ । संस्थापक अध्यक्ष सुवेदीले प्रेस चौतारी चितवनलाई अझै बलियो, सम्वृद्ध र पत्रकारहरुको सुखदुःखको सहयोगी बनाउन संगठनले खेलेको भूमिकाको प्रंशसा गर्नुभयो । चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले संस्थापक अध्यक्षले कोषका लागि गरेको सहयोगले थप हौसला र उर्जा मिलेको बताउँदै चितवनका पत्रकारहरुलाई परेको पिरमर्कामा संगठन साथमा रहने बताउनुभयो । अध्यक्ष पण्डितले संस्थापक अध्यक्षसहितको टिमले रोपेको चौतारी रुपी विरुवाको शिलत छहारीमा आफूहरु गोलवन्ध भएर ओत लाग्न पाएको भन्दै संस्थापक अध्यक्षप्रति धन्यवाद दिनुभयो । यहीँ भदौ १२ गतेबाट कोषमा हालसम्म रु.५५,१५५ सहयोग संकलन भैसकेको छ ।
पत्रकारहरु बिरामी वा दुर्घटनामा परी उपचार गर्नु पर्ने अवस्थामा निजको आर्थिक अवस्थाले थेग्न नसक्ने अवस्था आएमा कोषको रकमले उपचार गरिने अध्यक्ष पण्डितको भनाई छ । तर त्यसको लागि प्रेस चौतारी चितवनको सदस्य वा चितवनको क्रियाशील पत्रकार हुनु पर्नेछ । प्रेस चौतारी आवद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ उपलब्ध गराउने अध्यक्ष पण्डितले जानकारी दिनुभयो ।

एमालेले प्रदेश सभाका लागी चितवन क्षेत्र नं.३(ख)बाट प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस

चितवन, भाद्र २१ – आगामी मंसिर ४ गते  निर्वाचनका लागि नेकपा (एमाले)ले प्रदेश सभा अन्तरगत चितवन क्षेत्र नं. ३ (ख)बाट प्रत्यक्षतर्फ ५ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एमाले चितवनले क्षेत्र नं. ३ (ख)मा प्रत्यक्षतर्फ सरस्वती  बिष्ट, खेम भट्ट, नरिनारायण पौडेल, शंकरराज थपलिया र सुदीप रेग्मीको नाम सिफारिस गरको हो । एमाले नेतृ बिष्ट माडी नगरपालिका वडा नम्बर ७ कि हुनुहुन्छ भने अन्य सिफारिस उम्मेदवारहरु भरतपुर महानगरपालिका भित्रका रहनु भएको छ ।

त्यसैगरि एमालेले प्रतिनिधी सभा सदस्य अन्तरगत समानुपातिक सुचीमा माडीका युवा नेता शिवजी गायकको नाम सिफारिस गरेको छ ।  प्रदेश समानुपातिक सुचीमा नेताहरु कमल रामदाम र जगराम चेपाङ तथा नेतृ सरस्वती बिष्टको नाम सिफारिसमा परेको छ । नेतृ बिष्टको नाम प्रदेशमा प्रत्यक्ष र समानुपातिक दुबैतर्फ सिफारिस भएको हो । केही दिन अगाडी एमालेले चितवन क्षेत्र नम्बर ३ अन्तरगत प्रतिनिधी सभा सदस्यका   लागि  प्रत्क्षय तर्फ जिल्ला अध्यक्ष राम प्रसाद न्यौपानेको  सर्बसम्बत एकल नाम सिफारिस गरेको थियो ।

माओवादी अध्यक्ष प्रचण्ड सग एमाले अध्यक्ष युवानेता रामप्रसाद न्यौपाने भिडने

चितवन , भाद्र १९ – आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको निर्वाचन अन्तरगत चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवार बन्न नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको एकल नाम सिफारिस भएको छ ।

आज बसेको पार्टीको ३ नम्बर क्षेत्रीय कमिटिले न्यौपानेको एकल नाम सिफारिस गरेको हो । माडी नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा एमालेका युवा नेता न्यौपाने पछिल्लो पुस्ताका लोकप्रिय युवा नेता हुन् । उनि यसअघि एमाले र माओवादी एकिकरण भएर बनेको नेकपाको भरतपुर महानगर कमिटी अध्यक्ष समेत भएर काम गरिसकेका छन् । विद्यार्थीबाट राजीतिमा प्रवेश गरेका न्यौपानेसंग चितवनको माडी र भरतपुरमा पार्टीको सबै तहमा रहेर काम गरेको अनुभव छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा बाट केन्द्रिय उपाध्यक्ष बिक्रम पाण्डे पनि यसै निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने निश्चित भएको छ ।

लक्की साँगीतिक साँझमा चर्चित गायक कार्की र गायिका वन्दनालाई सम्मान गर्ने

चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले असोज १५ गते भरतपुरमा भव्य साँगीतिक साँझ आयोजना गर्ने भएको छ । साँगीतिक साँझमा चर्चित बरिष्ठ सदावहार गायक आनन्द कार्की तथा चर्चित गायिका देविका वन्दनालाई सम्मान गर्ने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ ले जानकारी दिए । नेपाली साँगीतिक क्षेत्रमा अतुलनीय योगदान दिए बापत चर्चित बरिष्ठ सदावहार गायक कार्की तथा गायिका वन्दनालाई सम्मान गर्न लागिएको हो । साँगीतिक क्षेत्रलाई प्रर्वद्धन गर्ने र नेपालीहरुको महान पर्वको अवसर पारेर यो बिशेष कार्यक्रम आयोजना गर्न लागिएको महाप्रबन्धक कार्कीले बताए । कार्कीका अनुसार साँगीतिक सांँझमा चर्चित कलाकार तथा गायक, गायिकाको उपस्थिति रहने छ ।

गायक कार्की नेपाली सांगीतिक धरातलमा बिगत लामो समयदेखि आफूलाई अग्रस्थानमा राख्दै आएका कार्की गायनबाट अन्तरराष्ट्रिय क्षेत्रमा समेत देशलाई चिनाउन सक्रिय छन् । उहाँले गजल, भजन, आधुनिक र चलचित्रका समेत गरी छ हजार भन्दा बढी गीत गाइसकेका छन् । नेपाली गीतमा मात्र होइन, हिन्दी गीतमा पनि उनको उत्तिकै प्रभाव छ ।

त्यस्तै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लोकप्रिय गायिका देविका वन्दना नेपाली गीत सँगै नेवारी, हिन्दी, मराठी लगायतका विभिन्न भाषाका हजारौं गीतलाई सुमधुर स्वर दिएकी छिन् ।

स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो, च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ ।

माडीमा ज्येष्ठ नागरिक देउकला बस्यालको स्मृतिमा रक्तदान

चितवन , भाद्र १८ – हालै निधन हुनु भएकी माडी-२, देवीस्थान, सितलपुरका ज्येष्ठ नागरिक देउकला बस्यालको स्मृतिमा उहाँको परिवारले नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखासंग आयोजकीय सहकार्य गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ४ जना महिलासहित ३४ जनाले रक्तदान गरेका छन् ।पितृकार्यसङ्गै सामाजिक मानवीय कर्ममा समेत जोडिने कोशिसका रुपमा यस रक्तदान कार्यक्रम आयोजना गरिएको परिवारका सदस्य शिवप्रसाद बस्यालले बतउनुभयो।

नेपाल रेडक्रस सोसाइटी गर्दी उपशाखा सभापति हीराबहादुर थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका वडा नं-२ का वडाध्यक्ष दण्डपाणी पौडेलको प्रमुख आतिथ्य रहेको थियो । नेकपा एमालेका माडी नगरकमिटी अध्यक्ष नारायणप्रसाद अधिकारी,बघौंडा रेडक्रस शाखाका अध्यक्ष भागिरथ बस्याल, विपिन पाठक, बिन्दु महतो लगायतका सामाजिक ब्यक्तिहरुको उक्त कार्यक्रममा सक्रियता रहेको थियो। कार्यक्रमका सहभागीहरूले शोक वा मृत्यु संस्कारलाई यसप्रकार प्रगतिशील रूपान्तरण गर्नु अनुकरणीय कार्य रहेको प्रतिक्रिया समेत दिएका थिए ।

चितवन उद्योग संघ माडी इकाईको चौंथो बार्षिक साधारण सभा सम्पन्न

चितवन , भाद्र १८ – चितवन उद्योग संघ माडी इकाई समितिको चौंथो बार्षिक साधारण–सभा सम्पन्न भएको छ ।
चितवन उद्योग संघ, माडी इकाई समितिका अध्यक्ष भोजराज खनालको अध्यक्षतामा सम्पन्न साधरणसभामा माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतो प्रमुख अतिथि रहभएको थियो ।
कार्यक्रमकी प्रमुख अतिथि माडी नगरपालिकाकी नगरप्रमुख तारा कुमारी काजी महतोले उद्योगीहरुले आफ्नो योजना सहित उद्योग सञ्चालनको लागि आएको खण्डमा आफूले पूर्ण सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि चितवन उद्योग संघ तथा चितवन औद्योगिक विकास साकोसका अध्यक्ष त्रिलोचन कँडेलले माडी इकाई समितिको साधारणसभामा माडी क्षेत्रका उद्योगीहरुको उत्साहजनक उपस्थितिले आफूलाई निकै खुशी बनाएको बताउनुभयो । सोही अवसरमा विशिष्ट अतिथि कँडेलले संघले अघि सारेका परियोजनाहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।
चितवन उद्योग संघ, माडी इकाई समितिका अध्यक्ष भोजराज खनालले स्वागत मन्तव्य एवं बार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । भने, चितवन उद्योग संघ माडी इकाई समितिका कोषाध्यक्ष नारायणदत्त रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारणसभामा चितवन उद्योग संघका उपाध्यक्षहरु सूर्य प्रसाद न्यौपाने, गजेन्द्र अधिकारी, युग राज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यसमिति सदस्यहरु गोविन्द प्रसाद खनाल, रामहरि कँडेल, प्रतिभा श्रेष्ठ, गोपाल प्रसाद गैरे, दण्डपाणी भट्ट, पुरुषोत्तम रिजाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्चका अध्यक्ष पार्वती सुवेदी कँुबर, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेश महिला उद्यमी समितिकी सदस्य गीता ढकाल, चितवन उद्योग संघ महिला उद्यमी मञ्च महिला उद्यमी मञ्चका सदस्यहरु राधा शर्मा, सीता धिताल, जुनु पौडेल अधिकारी, युवा उद्यमी मञ्चका कार्यसमिति सदस्य सदस्य सरोजबाबु घिमिरे, संघका सञ्चार अधिकृत राजु भट्ट, कार्यालय सहायकहरु उमेश श्रेष्ठ, माडी इकाई समितिका पदाधिकारी एवम् सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाको अवसरमा चितवन उद्योग संघको सदस्यता अद्यावधिक र चितवन औद्योगिक विकास वचत साकोसको मासिक तथा आर्थिक कारोबारमा माडी इकाई समितिलाई पूर्णले सहयोग गरेको भन्दै चितवन औद्योगिक विकास वचत साकोसका कार्यालय सहायक उमेश श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रमलाई चितवन उद्योग संघ माडी इकाई समितिका उपाध्यक्ष रमेश नेपालीले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

यसैबीच चितवन उद्योग संघको वस्तुगत सदस्य चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति माडी इकाई समितिको प्रथम साधारणसभा तथा अधिवेशन समेत सम्पन्न भयो ।
चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति माडी इकाई समितिका अध्यक्ष बलबहादुर परियारको अध्यक्षतामा सम्पन्न प्रथम साधारणसभा एवम् अधिवेशनमा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका जिल्ला अध्यक्ष तारा बहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो ।
अधिवेशनले खिमानन्द न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित समितिको उपाध्यक्षहरुमा अर्जुन श्रेष्ठ, विशाल शाह, सचिवमा हृदेश कलवार, सह–सचिवमा अनिल गायक, कोषाध्यक्षमा खोमप्रसाद अधिकारी, सदस्यहरुमा अर्जुन सहनी, नुर आलम, अर्जुन महत्तो चयन हुनुभएको छ ।
त्यसैगरी अधिवेशनले बलबहादुुर परियारको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । जसको सदस्यहरुमा भोजराज खनाल, रुद्र सापकोटा, विनोद महत्तो, रमेश नेपाली रहनुभएको छ ।
साधारणसभा तथा अधिवेशनमा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समिति जिल्लाबाट उपाध्यक्षहरु कृष्ण प्रसाद भण्डारी, सचिव दुर्गालाल सापकोटा, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, सदस्यहरु रामहरि कँडेल, युवराज बराल, लोकनाथ सुवेदी, बलबहादुर परियार, कान्ति अधिकारी, कार्यालय सहायकहरु शोभा थापा, आरशु सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलको संयोजकत्वमा बनेको निर्वाचन मण्डलको सदस्यहरुमा चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका उपाध्यक्ष कृष्ण प्रसाद भण्डारी, संघका सञ्चार अधिकृत राजु भट्ट रहनुभएको थियो ।
नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई चितवन मेटल इन्जिनियरिङ्ग एण्ड फेब्रिकेशन उद्योग समितिका जिल्ला अध्यक्ष तारा बहादुर कार्कीले सपथ खुवाउनु भएको थियो ।

यसैबीच माडी क्षेत्रमा छरिएर रहेका मिल व्यवसायीहरुको प्रारम्भिक भेलाले यमनाथ सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षहरुमा दल बहादुर कार्की, रञ्जिता पोखरेल, सचिव एकवाल शाह तेली, सह–सचिव गोपाल महत्तो, कोषाध्यक्षमा ताराचन्द्र महत्तो, सदस्यहरुमा विरेन्द्र महत्तो, सुवासचन्द्र पोखरेल र होम बहादुर दुरा रहेका छन् । त्यसैगरी दामोदर पोखरेलको संयोजकत्वमा २ सदस्यीय सल्लाहकार समिति समेत गरेको छ । जसको सदस्यमा हरि प्रसाद शर्मा रहनुभएको थियो ।

सुदूरपश्चिममा आज गौरा पर्व हर्षोल्लासका साथ मनाईदै

भाद्र १८ – सुदूरपश्चिमको मौलिक सँस्कृतिको रूपमा रहेको महत्वपूर्ण गौरा पर्व आज हर्षोल्लासका साथ मनाईदैछ ।
भाद्र शुक्ल पञ्चमीदेखि शुरु भएर शुक्ल अष्टमीका दिन अर्थात आज गौरा पर्वको मुख्य दिन, आज अठवाली अर्थात् गौराको पूजाआजा गरी मनाइन्छ ।
भदौ शुक्ल पञ्चमीदेखि महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि बिरुडा पञ्चमीदेखि गौरा पर्व शुरु हुन्छ । पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर पखाल्ने चलन छ । अठवली अर्थात् अष्टमीको दिन आज भने व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खलामा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ ।
पूजा सकिएपछि छरछिमेकमा प्रसादका रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन रहेको र यसरी खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वाससमेत रहेको छ ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा गौरा पर्व सम्बन्धि देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल्ने चलन छ । पछिल्लोपटक देउडाका माध्यमबाट समाजमा भएको विकृति, देशको राजनीतिक अवस्था लगायतका बारेमा तिखो व्यङ्ग्य समेत गरिन्छ भने माया प्रेमका रोचक प्रसङ्ग पनि उठाउने गरिन्छ ।
गौरा पर्व सुदूरपश्चिमसङ्गै भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ ।